काठमाडौं, २८ माघ । जानकी फाइनान्सले कम्पनीको २५औं वार्षिक साधारण सभा फागुन ७ का लागि बोलाएको छ ।
जानकी फाइनान्सले १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि दिने प्रस्ताव पेश गर्ने जनाएको छ । कम्पनीले बोनस वितरणमा ४७ लाख ४० हजार ६०० रुपैयाँ खर्च गर्न लागेको हो ।
सभामा आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले सोमबार माघ २४ गतेबाट फागुन ६ गते सम्म बुक क्लोज मिति तोकेको छ । सभा होटल मानकी इन्टरनेशनल प्राली, जनकपुरमा बिहान १० बजे सुरु हुनेछ ।