Logo

एमसीसीलाई पत्र पठाएर प्रधानमन्त्री देउवाले देशको अपमान गरेको ओलीको टिप्पणी



काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई गोप्य पत्र पठाएर देशको अपमान गरेको टिप्पणी गरेका छन् । देउवाले प्रधानमन्त्रीका रुपमा अमेरिकाको एउटा मन्त्रालय अन्तर्गतको शाखालाई पत्र लेखेर प्रोटोकल मिचेको टिप्पणी गरे ।

ओलीले एमसीसीलाई २९ सेप्टेम्बरमा गोप्य पत्र पठाएकोमा आलोचना गरे । उनले भने,‘ प्रधानमन्त्रीले पत्र पठाउनु प्रोटोकलको हिसाबले मन्त्रालय अन्तर्गतको शाखालाई पत्र लेख्नु अपमानजनक कुरा हो ।’ देश गम्भीर खेलवाडको शिकार भएको ओलीको टिप्पणी थियो ।



प्रतिक्रिया दिनुहोस्