काठमाडौं, २८ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीलाई आँखा चिम्लिएर समर्थन गर्न नसकिने बताएका छन् । आज वीरगञ्जमा बोल्दै उनले एमसीसीबारे प्रष्टिकरण आवश्यक रहेको बताए ।
‘यथास्थितिमा आँखा चिम्लिएर एमसीसीको समर्थन गर्न सकिदैन,’ नेता नेपालले भने,‘एमसीसीमा जनमत विभाजित छ । पार्टीहरु पनि विभाजित छन् ।’
एमसीसी इन्डो प्यासिफिक सैन्य रणनीतिको अंग हो कि होइन भन्ने प्रश्न उठेको बताए । उनले प्रश्न गरे,‘यो अमेरिकाको सुरक्षा रणनीति अन्तर्गत पर्छ कि पर्दैन ?’
एमसीसीबारे अझै अध्ययन गरिरहेकोउनको भनाई थियो । गहिरो अध्ययनपछि आफूहरुले एमसीसीबारे अडान स्पष्ट गर्ने बताए ।