Logo

राष्ट्रिय युवा संघ नेपालले निगमलाई बुझायो ज्ञापनपत्र, यस्ता छन् माग (फोटोफिचर)



काठमाडौं, २८ माघ । राष्ट्रिय युवा संघ नेपालले आयल निगमलाई पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

आज निगमको कार्यालय टेकुमा पुगेर युवासंघले निगमको स्वचालित मुल्य प्रणालीका नाममा समग्र अर्थ व्यवस्थामा असर पार्नेगरी मुल्य बढाउने परिपाटी सदाका लागि अन्त्य गर्न माग गरेको हो ।

पेट्रोलियम पदार्थको ढुवानी, स्टोरेज तथा विक्रि वितरणमा भएको चुहावट नियन्त्रण गरी यथाशीघ्र मुल्य फिर्ता गर्न लगायतका माग राखेको छ ।

 



प्रतिक्रिया दिनुहोस्