Logo

किसान आन्दोलनबारे गृहमन्त्री खाँण र जनमत पार्टीका नेताहरुबीच छलफल



काठमाडौँ, २८ माघ: डा. सीके राउत नेतृत्वको जनमत पार्टीका शिर्ष नेताहरुले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन्। किसान आन्दोलनबारे आज (शुक्रबार) गृहमन्त्री बालकृष्ण खाँणसँग  जनमत पार्टीका शिर्ष नेताहरुले भेटवार्ता गरेका हुन् ।

मुद्दाको सम्बोधनको विषयमा जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले गृहमन्त्री खाणसँग छलफल गरेका छन् । निरन्तर किसान आन्दोलन चलाएको जनमत पार्टीले उच्चस्तरीय समिति गठनको माग गरेको महासचिव चन्दन सिंहले जानकारी गराएका छन् ।-Photo Source: Facebook Page/ Chandan Singh



प्रतिक्रिया दिनुहोस्