Logo

जनउत्थान सामुदायिक र उर्जा कोषबीच सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं, २८ माघ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र/केन्द्रीय बैकल्पीक उर्जा कोषसँग सम्झौता पत्रमा हसताक्षर गरेको छ । लघुवित्तले माघ २८ गते विद्युतीय चुलो प्रर्वधन गर्ने उदेश्यका साथ Clean Cooking Solution परियोजना कार्यान्वयनका लागि कोषसँग सम्झौता गरेको हो ।

सम्झौता पत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल र बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले एक औपचारिक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा वेलायती दुतावासबाट नवीकरणीय ऊर्जा सल्लाहकार रेशा पिया, नेपाल नवीकरणीय उर्जा कार्यक्रमबाट टिम लिडर म्यगनबिक म्यगनबिक Douglas Wayne Hinrichs, डेपुटी टिम लिडर प्रेम सागर सुवेदी, फण्ड म्यानेजर सुन्याना ताम्राकार, अचुत हरी अर्याल, मनु विनोद अर्याल लगायत सहभागी थिए ।

वित्तीय संस्थाले प्रदान गर्दै आईरहेको सेवालाई थप परिष्कृत बनाउदै राज्यको प्राथमिकता क्षेत्रमा रहेको विद्युतीय चुलो प्रवद्र्धन अभियानलाई वित्तीय संस्थामा आवद्ध समुह सदस्यहरुको पहुँच सम्म पुर्याउने उदेश्यका साथ बेलायत सरकारको आर्थिक सहयोगमा नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र द्वारा सञ्चालित नेपाल नवीकरणीय उर्जा कार्यक्रमसँग सहकार्य गरी उक्त परियोजना लुम्बीनि प्रदेश अन्तर्गतका शाखा कार्यालयहरु मार्फत कम्तिमा १० हजार घरधुरीहरुमा विद्युतीय चुलो प्रर्वधन गर्नका लागि अधिकतम बजेट रकम ९९ लाख ९९ हजार ८९८ रुपैयाँ कार्यसम्पादनको आधारमा आर्थिक सहयोग प्राप्त हुने गरी परियोजना कार्यान्वयनका लागि सम्झौता सम्पन्न भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जानकारी दिए ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्