Logo

ओमानद्वारा नेपालसामु १३६ रनको लक्ष्य प्रस्तुत



काठमाडौं, २८ माघ । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत ओमानले नेपाललाई १३६ रनको चुनौति दिएको छ ।

अल अमेरेट क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर नेपालले ओमानलाई ब्याटिङको निम्तो दिएको थियो । ओमानले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १३५ रन बनाएको हो ।

ओमानका लागि जिसन मक्सोदले अविजित रहँदै ४३ रनको योगदान गरे । मोहोमद नादिमले सर्वाधिक ३१ रन जोडे ।

ओपनर कश्याप प्रजापति ११ रनमा बोल्ड आउट भए । साथै, जतिन्दर सिंह १३ रनमा पबिलियन फर्किए ।

यस्तै, अयान खान र शोहिब खान समान ११ रनमा आउट भए । यस्तै। खुरार्म नवाजले अविजित ६ रन बनाए । नासिम खुसीले खाता खोल्न सकेनन् ।

नेपालका लागि अभिनाश बोहराले सर्वाधिक तिन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने, आरिफ शेख र कमलसिंह ऐरीले समान एक÷एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्