काठमाडौं, २८ माघ । बैंकहरुको ब्याजदर फागुन १ बाट लागू हुने गरी बढ्ने भएको छ । आज नेपाल ब्यांकर्स संघले ब्याजदर बढाउने निर्णय गरेको हो ।
निक्षेपमा मुद्दतीतर्फ झण्डै १ प्रतिशत ब्याजदर बढाउने निर्णय भएको छ । व्यक्तिगत तर्फ मुद्दतीमा १०ं.५ प्रतिशत रहेको ब्याजदर बढाएर ११.०३ प्रतिशत पुर्याइएको छ । संस्थागतमा निक्षेपकर्ताले १०.३ प्रतिशत ब्याज पाउने गरी बढाइएको छ ।
निक्षेपको ब्याजदर बढेपछि कर्जाको समेत ब्याजदर बढ्नेछ । अधार दर बढेपछि कर्जाको ब्याजदर बढ्ने भएको हो ।
यसअघि पटक पटक ब्याजदर बढाइएको छ । दोहोरो अंकमा ब्याजदर हुन नदिन नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । तर, कर्जा प्रवाह अत्याधिक भई लगानीयोग्य रकमको अभाव खेपेका बैंकहरुले निक्षेप आकिर्षत गर्न ब्याजदर बढाउने निर्णय गरेका छन् । योसँगै कर्जाको ब्याजदर पनि बढ्ने भएको हो ।
यसैगरी, नेपाल उद्दोग वाणिज्य महासंघले बैंकहरुले गरेको ब्याजदर वृद्धिको निर्णय स्थगतको आग्रह गरेको छ । शुक्रबार विज्ञप्तिमार्फत् निक्षेपको ब्याजदर वृद्धि फिर्ता लिन महासंघले आग्रह गरेको हो ।
महासंघले कोभिडका कारण उद्दोगहरु अत्यन्त कठिन अवस्थामा गुज्रिरहेको समेत उल्लेख गरेको छ । ब्याज वृद्धिको निर्णयबाट उद्दोग व्यवसाय क्षेत्र सशंकित भएको उल्लेख गरेको छ ।