काठमाडौं, २८ माघ । मैथिल ब्राह्मण महासभा नेपाल, युवा समिति विराटनगरले बटुकहरुको निःशुल्क रुपमा सामूहिक यज्ञोपवीत संस्कार गरेको छ । महासभाको नेपालका २८ ज़िल्लामा संगठन सक्रिय छन् । विगत एक दशकमा महासभाले करिब तीन हजार बटुकहरूको निःशुल्क रुपमा सामूहिक तवरले यज्ञोपवीत संस्कार गराईसक़ेको महासभाका राष्ट्रिय अध्यक्ष भगवान झाले जानकारी दिए ।
उनकाअनुसार आज विराटनगरमा सम्पन्न उक्त यज्ञोपवित संस्कारमा नेपाल र भारतका गरी ५१ जना बटुकहरुको परिवार लाभान्वित भएका थिए । कार्यक्रम भने विराटनगरको कटहरी गाउँपालिकाको वडा नम्बर १ स्थित् गोपाल फन पार्कमा भएको थियो । कोरोना महामारीलाई ध्यानमा राखेर आवश्यक स्वास्थ्य मापदण्ड अनपाएर कार्यक्रम आयोजना गरिएको थियो ।