Logo

पुँजीगत खर्च बढाउन नसक्नु लाजमर्दो विषय: संसदीय समिति



काठमाडौं, माघ २९। सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणतर्फको खर्च बढाउन नसक्दा अलोचना भइरहेको अवस्थामा प्रतिनिधिसभाको एउटा समितिले भने लाजमर्दो अवस्थाको संज्ञा दिएको छ ।

सरकारले चालू आर्थिक वर्ष २०७८-७९ को बजेटमा अर्धवार्षिक समीक्षा गरेको छ । जसमा पुँजीगत खर्चले सामान्य लक्ष्यसमेत भेटाउन सकेको छैन । भौतिक प्रगति न्यून हुँदा पुँजीगत खर्चसमेत बढ्न नसकेको पाइएको छ ।

सरकारले चालू आर्थिक वर्ष २०७८-७९ को बजेटमा अर्धवार्षिक मूल्यांकन समीक्षा प्रतिवेदन सार्वजनिक गरेको दोस्रो दिन शुक्रबार प्रतिनिधि सभाको विकास तथा प्रविधि समिति सदस्यहरूले विकासे मन्त्रालयहरूले पुँजीगत खर्च बढाउन नसक्नु लाजमर्दो विषय भएको बताएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot