Logo

एमसीसीमा राष्ट्रिय सहमति खोजिनुपर्छ, अन्यथा मुलुकको लागि प्रत्युत्पादक हुन्छ : डा. भण्डारी (भिडिओसहित)



काठमाडौं, २९ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा. चन्द्र भण्डारीले एमसीसी सम्झौता अर्थ र परराष्ट्र मन्त्रालयका विभागीय प्रमुखहरुले गरेको भए राम्रो हुने थियो भन्ने धारणा राखे । तर, नेपालले आफ्नो पोर्टफोलियो नबुझिकन माथिल्लो तहबाट सम्झौता गरिनु नै नेपालको गम्भीर गल्ती भएको उनले स्मरण गराए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमसीसी सम्झौता गर्दा सुरुमा यसलाई संसद्बाट पारित गर्ने भनेर सहमति नभएको र पछि यस्तो गरिएकोमा पनि गुनासो पोखे । भण्डारीले नेपालका दलका नेताहरुले कसैसँग ऋण लिने कि नलिने ? भन्ने कुरा पहिले टुँगो लगाउनुपर्ने बताए ।

उनले नेपालका राजनीतिज्ञहरु आँफै विज्ञ बन्न खोजेको भनेर आपत्ति जनाए । अब अमेरिकी सहयोग लिनु भनेको देश बेच्नु हो र अमेरिकी सेना नेपाल आउनु हो जस्तो भनेर नेपालमा हल्ला फैलाईएको पनि उनको गुनासो छ । उनले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजस्तो चलाख नेता नेपालमा अरु कोही पनि नभएको टिप्पणी गरे ।

उनले एमसीसीमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमति खोज्नुपर्ने पनि सुझाव दिए । उनले प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री देउवाले सम्वाद गर्नु सकारात्मक भएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्