Logo

राजन भट्टराईलाई ऋषि धमलाको प्रश्न : एमसीसीमा एमालेको पोजिसन के हो ? (भिडिओसहित)



काठमाडौं, २९ माघ । नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले अमेरिकी सहयोग सम्झौताबारे सरकार पक्षमा स्पष्टता नभएकोले आफ्नो पार्टीले पोजिसन क्लियर नगरेको बताएका छन् ।

उनले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वमा हुँदा एमसीसीको पक्षमा बोलेको र पदीय जिम्मेवारीअनुसार भूमिका खेलेको स्पष्ट पारे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमसीसी पास गर्नको लागि सत्ता पक्षसँग बहुमत रहेको पनि सुनाए ।

उनले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका आफ्नो पदीय जिम्मेवारीअनुकुल नभएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्