काठमाडौं, २९ माघ । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनी ९७ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो ।
उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । बिहीवार सम्झौतापत्रमा कम्पनीको निर्देशक सविन प्रधानाङ्ग र मेगा क्यापिटलका चिफ इन्भेष्टमेण्ट अफिसर सुलभ श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
आवश्यक प्रक्रिया पूरा गरेर कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछ ।