काठमाडौँ, २९ माघ। नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते (आईतबार)देखि बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको कर र नवीकरण शुल्क तिर्न सकिने भएको हो ।
एपबाट सवारी कर र नवीकरण गर्न सकिने गरी ईसेवा र खल्तीलाई बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले अनुमति दिएको छ । मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकबाट हिसा मिलान गर्ने गरी इसेवा र खल्तीलाई सवारी कर र नवीकरण शुल्क संकलन गर्न स्वीकृति दिएको हो ।
शुरूमा बागमती प्रदेशबाट सवारीकर र नवीकरण शुल्क तिर्ने व्यवस्था भएपनि विस्तारै अन्य प्रदेश समेत थप्दै जाने नागरिक एपको योजना रहेको जनाइएको छ ।-File Photo