Logo

यूएईद्वारा नेपालसामू १९३ रनको लक्ष्य प्रस्तुत



काठमाडौं, २९ माघ । चारदेशीय टी–२० शुंखला अन्तर्गतको खेलमा यूएईले नेपाललाई १९३ रनको चुनौती दिएको छ ।

ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा भईरहेको खेलमा नेपालले टस जितेर ब्याटिङको निम्तो दिएको थियो ।

यूएईले निर्धारित २० ओभरमा तिन विकेटको नोक्सानीमा १९२ रन जोड्यो ।

यूएईका लागि चिराग सुरुले सर्वाधिक ८४ को योगदान गरे ।

यस्तै, रोहान मुस्थापाले ४९ रन जोडे । वासेम मोहम्मद २२ रनमा पबिलियन फर्कीए भने बसिल हमेद १७ रनमा आउट भएका थिए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ सेखले समान एक÷एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot