Logo

सभामुख प्रयोग गरेर मैले एमसीसी टेबुल गर्न दिएन भन्नु गलत हो : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू राष्टको हित र जनताको भावनाको पक्षमा रहेको सुनाए । उनले आफूले अमेरिकासँग सम्बन्ध बिगार्नुपर्छ भन्ने नचाहेको सुनाए ।

उनले आफूले सभामुख अग्निप्रसाद सापकोटालाई प्रयोग गरेर एमसीसी सदनमा टेबुल गर्नबाट रोकेको भन्ने आरोपमा कुनै सत्यता नरहेको पनि जिकिर गरे । उनले संसद्को बैठक राख्ने वा नराख्नेबारे सभामुख सापकोटाले आफूसँग कुनै सल्लाह नगरेको सुनाए । उनले अब सरकारले दृढताका साथ एमसीसी टेबुल गर्न चाहे सभामुखले यसलाई सदनमा बहस गराउने विश्वास दिलाए ।

उनले नेपालमा ठूला शक्ति केन्द्रहरुसँग कुनै न कुनै रुपमा संलग्न रहेको थाहा पाएपछि नेपालमा राष्टिय सहमति कायम गर्नुपर्नेमा जोड दिएका छन् । उनले एमसीसीलाई लिएर अमेरिकाले लिने भए लेउ भन्ने खालको भाषा प्रयोग गरेको भन्दै असन्तुष्टि पोखेका छन् ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमसीसीमा सबै दलबीच सहमति गरेर जानु नै मुलुक र जनताको हित हुने दाबी गरे । उनले अहिले एमसीसीमा सहमति कायम गर्नको लागि आफूले पहल गरिरहेको पनि सुनाए ।

उनले आफूले अमेरिकासँग राम्रो सम्बन्ध होस भन्ने चाहेको स्पष्ट पारे । उनले अमेरिकासँग मात्रै नभएर सबैसँग राम्रो सम्बन्ध राखेर जानुपर्ने बताए ।

https://www.facebook.com/RishiDhamalaOfficial/videos/1118058318941438



प्रतिक्रिया दिनुहोस्