Logo

अमेरिकाले नेपालमा देखेको चीनको प्रभाव



काठमाडौं, १ फागुन । यतिबेला शेरबहादुर देउवा देशका प्रधानमन्त्री छन् । देउवा अमेरिकासँग सुमधुर सम्बन्ध भएका नेतामध्ये पर्दछन् । तर, देउवा प्रधानमन्त्री भएपनि अमेरिकाले एमसीसी पारित गराउन सकिरहेको छैन ।

देउवा प्रधानमन्त्री भएपछि अमेरिकी उच्च अधिकारीहरुको नेपाल भ्रमण बाक्लियो । देउवा स्वयंले बेलायत भ्रमणमा अमेरिकी राष्ट्रपति जो वाइडेनसँग भेटवार्ता गरे । अमेरिकाबाट फर्किएपछि उनी निकै उत्साही भएर विमानस्थलमा एमसीसीबारे बोलेका थिए ।

एमसीसी पास गर्न समयसीमा तोकिसकेको अमेरिकाले पाँच महिना दियो । देउवा र प्रचण्डले पत्र नै लेखे । तर, एमसीसी पास गर्न प्रचण्ड तयार भएनन् । एमसीसी पारित गर्न प्रधानमन्त्री हुँदा सक्रिय देखिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि बोली फेरे । उनी एमसीसीबारे स्पष्ट धारणा दिन छाडे ।

अमेरिकाले कम्युनिस्ट नेताहरु केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालबाट एमसीसीप्रति सकारात्मक धारणा नरहेको बुझेरै होला सिधै कुराकानी गरेको छ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले ओली र प्रचण्डसँग एमसीसी पारित नगरे सम्बन्धमै पुनरावलोकन गर्ने चेतावनी दिए । प्रचण्डले त घुमाउरो तरिकाले अमेरिका धम्की नै दिएको भनेका छन् । चीनको हस्तक्षेपका रुपमा बुझ्ने सम्मको कुरा अमेरिकाले गरिसकेको छ ।

एमसीसीमा कम्युनिस्ट नेताहरुको नकारात्मक धारणाले अमेरिका झस्किएको देखिन्छ । साथै, नेपालमा चिनियाँ प्रभाव बढेको विषय नै उल्लेख गरी नेताहरुसँग कुराकानी गरेको छ । ओलीको चीनप्रति लचिलो र भारतप्रति कठोर बोली आउने गरेको छ । प्रचण्डले त अमेरिकाको राजनीतिक प्रतिवेदनमै आलोचना गरेका छन् । यसबाट नेपालमा चिनियाँ प्रभाव निकै बढेको प्रष्ट रुपमा अमेरिकाले देख्न र भोग्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot