Logo

पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ: कमल थापा



काठमाडौँ, १ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) छाडेर नयाँ पार्टी गठनको तयारीमा रहेका कमल थापाले पार्टीबाट अलग भइसकेको अवस्थामा पार्टी फुटायो, फुटाउँदै छ, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएको बताएका छन् । आज (आइतबार) सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले यस्तो बताएका हुन् ।

थापाले लेखेका छन्, ‘म राप्रपाबाट औपचारिकरुपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो, फुटाउँदै छ, कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ ।’

उनले पार्टीमा बस्ने वातावरण नबनाउने र बाहिर निस्कँदा पनि भ्रम फैलाइएको आरोप लगाउँदै भनेका छन्, ‘पार्टी भित्र बस्ने, टेक्ने ठाउँ नदिने । बाहिर निस्कँदा पनि सुख नपाउने। राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन । नयाँ सिर्जना वाध्यता हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot