काठमाडौं, १ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भण्डारी र कोइरालाको भेटमा समसामयिक विषयमा छलफल भएको बुझिएको छ ।
कोइरालाले पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरुसँग पनि भेटवार्ता गरेका छन् ।
नेता कोइरालाको आज राष्ट्रपतिसँगको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।