Logo

विन्टर ओलम्पिकः कुन देशले कति स्वर्ण जिते ?



काठमाडौं, १ फागुन । बेइजिङ विन्टर ओलम्पिकमा १४ पदक जितेको जर्मनी पदक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ ।

जर्मनीले ८ स्वर्ण, ५ रजत र १ कास्य सहित पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो ।

दोस्रो स्थानमा रहेको नर्वेले १७ पदक जित्दा ८ स्वर्ण, ३ रजत र ६ कास्य पदक जितेको छ ।

अमेरिकाले ५ स्वर्ण, ५ रजत र १ कास्य हात पार्दै तेस्रो स्थान बनाएको छ ।

यस्तै, चौथोको नेदरल्यान्ड्स र पाँचौंमा रहेको स्वीडेनले समान ५÷५ स्वर्ण जितेका छन ।

अष्ट्रीयाले ४ स्वर्ण, ६ रजत र ४ कास्य आफ्नो बनाएको छ ।

आयोजन चीनले आठ पदक जित्दा ४ स्वर्ण, ३ रजत र १ कास्यमा चित्त बुझाँएको छ ।

रुस ओलम्पिक कमिटिले ३ स्वर्ण तथा इटली, जापान, स्लोभानिया र स्वीट्जरल्यान्डले समान दुई÷दुई स्वर्ण पदक जितेका छन् ।

साथै, फ्रान्स, क्यानाडा, अष्ट्रेलिया, दक्षिण कोरिया, फिनल्यान्ड, चेक रिपब्लीक, न्यूजिल्यान्ड र स्लाभोकियाले समान एक÷एक स्वर्ण हात पारेका छन् ।

अन्य देशले भने स्वर्ण जित्न सकेका छैनन् । बेलारुस र स्पेनले समान एक÷एक रजत पदकमा चित्त बुझाँएका छन् ।

हंगेरिले दुई कास्य, बेल्जियम, लाट्भीया र पोल्याण्डले समान एक÷एक कास्य पदक जितेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot