काठमाडौं, १ फागुन : संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सर्वाेच्च अदालतलाई पठाउँदै छ ।
सचिवालयमा आइतबार कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।
महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा परेका छन् । यसबारे सचिवालयले सर्वाेच्च अदालतलाई जानकारी दिन लागेको हो । सचिवालयमा अहिले पत्र तयार पारिँदै छ ।