Logo

वरिष्ठ न्यायाधीश कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी



काठमाडौँ, १ फागुन: महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेका छन्। निलम्बनमा परेसंगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बनेका छन् ।

कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्न पाउने छन् । सर्वोच्च अदालतमा निलम्बनको पत्र पुगेपछि वरिष्ठतम न्यायाधीश कार्की स्वतः कार्यबहाक प्रधानन्यायाधीशको रुपमा कायम हुने छन् ।

संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाइँदैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्