Logo

प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता भएपछि एमालेले बोलायो संसदीय दलको बैठक



काठमाडौं, १ फागुन । नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि एमालेले आकस्मिक रुपमा भोलिको लागि संसदीय दलको बैठक बोलाएको हो ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने–‘प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव अनेपिक्षत छ, यो हामीसँग सल्लाह गरेर ल्याईएको हो । हामीले यसबारेमा छलफल गर्नको लागि भोलि विहान ११ बजे दलको बैठक बोलाएका छौं । त्यहाँ गम्भीर छलफल हुन्छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्