Logo

एमालेद्वारा सभामुखसहित वरिष्ठतम न्यायाधीशहरुविरुद्ध महाभियोगको तयारी



काठमाडौं, १ फागुन । नेकपा एमालेले पनि सभामुख अग्निप्रसाद सापकोटासहित सर्वोच्च अदालतका केही वरिष्ठतम न्यायाधीशहरुविरुद्ध महाभियोगको तयारी गरेको छ । एमालेले सांसदहरुलाई आकस्मिक रुपमा बोलाएर यस्तो तयारी गरेको हो ।

विश्वस्त स्रोतका अनुसार एमालेले सभामुख सापकोटाविरुद्ध महाभियोग दर्ताको तयारी गरेको छ । यसका लागि छलफल गरी अगाडि बढ्ने तयारी गरेको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबरा निलम्बनमा परेपछि वरियतामा माथि रहेका केही न्यायाधीशहरुविरुद्ध एमालेले महाभियोगको तयारी गरेको हो । यो सँगै महाभियोगको अस्त्र हानाहानको अवस्था सृजना हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot