Logo

भरुवा बन्दुकसहित २ जना पक्राउ



कपिलवस्तु, १ फागुन। बाणगंगा नगरपालिका-२ स्थित मनकामना सामुदायिक वनबाट २ थान भरुवा बन्दुक सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका-१४ बस्ने ५० वर्षीय वीर बहादुर सोमै र २८ वर्षीय खेमु मगर रहेका छन् । उक्त जंगलमा केही व्यक्तिहरू बन्दुक सहित हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले वीर बहादुरलाई खालि अवस्थामा रहेको १ थान र खेमुलाई लोडेड अवस्थामा रहेको १ थान भरुवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot