Logo

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता भएपछि सभामुख सक्रिय, बोलाए सर्वदलीय बैठक



काठमाडौं, १ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

साथै एमसीसी सदनमा पेस गर्ने तयारी भइरहेको भनिएको र संसदमा प्रमुख प्रतिपक्षी दल एमाले अवरोध लगायत विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्