काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफूविरुद्ध लागेको महाअभियोग प्रस्तावको पत्र बुझेका छन् । सर्वोच्च अदालतमा संघीय संसद् सचिवालयबाट प्राप्त पत्र बुझेलगत्तै जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन् । महाभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै जबरा निलम्बनमा परेका छन् ।
सत्ता गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदहरुले आजमात्रै जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम