Logo

अध्यक्ष भएका थापालाई लिङदेनले दिए शुभकामना



काठमाडौं, १ फागुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी पाएका कमल थापालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटर मार्फत लिङदेन शुभकामना व्यक्त गरेका हुन् ।

‘राप्रपाका पूर्व अध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’उनले भनेका छन् ।

थापाले केहि दिन अघि राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot