Logo

‘भ्यालेन्टाइन डे’ विशेषः अर्जुन कपुरले गरे यी फिल्म हेर्न आग्रह



एजेन्सी, १ फागुन । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस सोमबार भव्यताका साथ मनाइँदैछ । बलिउड सेलिब्रेटीहरू पनि भ्यालेन्टाइन डेलाई लिएर निकै उत्साहित देखिएका छन् । यसैबीच, अभिनेता अर्जुन कपूरले आफ्नो इन्स्टाग्राममा फिल्म निर्देशक इम्तियाज अलीको उत्कृष्ट फिल्महरूको सूची साझा गर्दै भ्यालेन्टाइन डे साथीहरूसँग बिताउने विचार व्यक्त गरेका छन्।

यो भिडियो इन्स्टाग्राममा सेयर गर्दै अभिनेता अर्जुन कपूरले फ्यानलाई भ्यालेन्टाइन डेको अवसरमा फिल्म निर्माता इम्तियाज अलीद्वारा निर्मित फिल्म हेर्न सल्लाह दिएका छन् । जसमा रणवीर कपुर र दीपिका पादुकोण अभिनित पहिलो फिल्म तमाशा हो, जुन निकै रोमान्टिक फिल्म हो । दोस्रो फिल्म २००७ मा शाहिद कपूर र करीना कपूर खानको फिल्म जब बी मेट हो। यसपछि सन् २००९ मा दीपिका र सैफ अली खानको फिल्म लव आज कल रिलिज भयो ।

यसपछि रणवीर कपूरको निकै सफल फिल्म रकस्टार यस लिस्टमा छ, जुन अझै पनि आफ्नो कथा र रोमान्टिक गीतका लागि फ्यानहरूको पहिलो रोजाइमा छ । यस सूचीमा अन्तिम फिल्म सन् २००५ मा आएको थियो, सोचा न था। अर्जुन कपुरले सेयर गरेको यो भिडियोमा फ्यानहरुले कमेन्ट गर्दै आफ्नो प्रतिक्रिया दिइरहेका छन् । एक फ्यानले कमेन्ट गरेर अर्जुन कपुरको रोमान्टिक फिल्मको नाम पनि सेयर गरेका छन्, जसमा २ स्टेट्स, इश्कजादे, हाफ गर्लफ्रेन्ड, की एन्ड का जस्ता फिल्महरू छन्।

अर्जुन छिट्टै मोहित सुरीको निर्देशनमा बन्ने फिल्म ‘एक भिलेन रिटर्न्स २’ मा देखिनेछन् । यो फिल्ममा उनीसँगै जोन अब्राहम, तारा सुतारिया र दिशा पटानी मुख्य भूमिकामा देखिनेछन् । एक भिलेन रिटर्न्स द्द द्दण्ज्ञद्ध मा सिद्धार्थ मल्होत्रा, श्रद्धा कपुर, रितेश देशमुख अभिनीत फिल्म एक भिलेनको सिक्वेल हो। यसबाहेक उनी विशाल भारद्वाजको फिल्म डगमा प्रमुख प्रहरी जवानको भूमिकामा देखिनेछन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot