काठमाडौं, १ फागुन । स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगको कार्यालयहरु अब नियमित ९ घण्टा खुल्ने भएका छन् । आयोग र आयोग अन्तर्गतका कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म तय गरिएको हो ।
आजबाट हप्तामा २ दिन सोमबार र बिहीबार अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरबाट पत्रकार सम्मेलन गर्ने आयोगले जानकारी दिएको छ । साथै प्रत्येक दिन भएका महत्वपुर्ण निर्णयहरु प्रेश विज्ञप्तीबाट जानकारी गराउने भएको छ ।
आयोग र आयोग मातहका कार्यालहरूले बिदाका दिनमा समेत नियमित कार्यसम्पादन गर्ने भएको हो । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि मिति घोषणा गरेको छ ।