Logo

चुनावको अघिल्लो दिन १८ वर्ष पुगेकाले पनि मतदान गर्न पाउने



काठमाडौं, १ फागुन । चुनावको ठिक अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका नेपाली नागरिकले पनि मतदान गर्न पाउने भएका छन् । आज निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

अब ३० वैशाख २०७९ मा हुने स्थानीय तहको चुनावमा २९ वैशाखसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउनेछन् । आयोगका अनुसार स्थानीय तहको निर्वाचनका लागि करिब १ करोड ८० लाख मतदाता हुनेछन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपालको निर्वाचन इतिहासमा पहिलो पटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानेर १८ वर्ष पुग्ने दिनलाई कट अफ डेट मान्दा मतदाता नामावलीमा नाम समावेश भएका थप करिब २ लाख युवाले मतदानको अवसर पाउनेछन् । उनले पाँच वर्षमा २५ लाख नयाँ मतदाता थपिएको बताए ।



प्रतिक्रिया दिनुहोस्