Logo

गोकुल बास्कोटाले भनेः देउवा र डेमोक्रेसी सँगै हिड्न दुर्लभ हुन्छ भन्ने शंका रहेन



काठमाडौं, १ फागुन । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवामाथि लोकतन्त्रविरोधीको आरोप लगाएका छन् । उनले देउवा र लोकतन्त्र सँगै हिड्न दुर्लभ हुनेमा शंका नरहेको समेत बताए ।

‘देउवा र डेमोक्रेसी सँगै हिंड्न दुर्लभ हुन्छ भन्ने कुरा अब शंका रहेन,’ बास्कोटाले ट्वीट गर्दै भने । देउवाले पहिले दरबारसँग र अहिले गठबन्धनसँग मिलेर लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाए ।

आज सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि बास्कोटाको भनाई आएको हो ।

बास्कोटाले ट्वीटरमा लेखेका छन्ः देउवा र डेमोक्रेसी संगै हिड्न दुर्लभ हुन्छ भन्ने कुरा अब शंका रहेन।स्वयमसिध्द तथ्य नै सावित भयो।पहिले दरवारसंग अहिले परमादेशी कोटरीसंग मिलेर।जे होस,छलागंमय दिनको छनौट निकै राम्रो।अब बक्र रेखे राजनीती माथि कडा ब्रेक हानिदिनु पर्छ।राजनीतिमा सरल रेखा पनि हुन्छ भन्ने पुष्टि गर्न।



प्रतिक्रिया दिनुहोस्