काठमाडौं, २ फागुन । नेकपा (एमाले) का नेता विष्णु रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सत्ता गठबन्धनलाई निल्नु न ओकल्नुबाहेक केही पनि नहुने टिप्पणीगरेका छन् । उनले जबराविरुद्धको महाभियोग प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसलाई महँगो सावित हुने पनि चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता रिजालले लेखेका छन्-
प्रधानन्यायाधीशका विरुद्धको पारित नहुने महाभियोग प्रस्ताव अन्तत: सत्ता गठबन्धनलाई नै निल्नु न ओकल्नुबाहेक केही पनि हुन्न । जसरी २०७४ मा चुनावको मुखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग शेरबहादुर देउवा र उहॉको पार्टीलाई महंगो सावित भएको थियो, ढुक्क भए हुन्छ- यस पटक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोगले पनि त्यसैगरी ‘ब्याक फायर’ गर्नेछ ।