Logo

प्रधानन्याधीशविरुद्ध महाभियोग लगाएपछि गठबन्धनलाई रिमालले ठगबन्धन भनेपछि



काठमाडौं, २ फागुन । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पाँच दलीय गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाएपछि उनले सत्ता गठबन्धनमाथि आक्रोश पोखेका हुन् ।

उनले सत्ता गठबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको र त्यो ढुंगा अहिले सर्वोच्चमा बज्रिएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्-

“गठबन्धन” भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ। ढुंगा सर्वोच्चमा बज्रिएको छ।
भनिन्छ नि- फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नी?



प्रतिक्रिया दिनुहोस्

Screenshot