काठमाडौं, २ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चीनले नेपाली भूमी मिचेको दाबी गरेका छन् । आफूहरुले अध्ययन गरेर रिपोर्ट नै बुझाएको उनको भनाई छ ।
उनले उक्त रिपोर्टलाई आफ्नो पार्टीले स्वामित्व लिएको र कुटनीतिक पहल भैरहेको पनि सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले हुम्लामा चीनले नेपाली भूभाग मिचेको उल्लेख गर्दै यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चिनियाँ राष्टपतिसँग कुरा गर्नुपर्नेमा जोड दिए ।