Logo

एमाले संसदीय दलको बैठक सुरु



काठमाडौं, फागुन २ । नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ। बैठक संसद् भवन बानेश्वरको ल्होत्से हलमा सुरू भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक आह्वान गरेको थियो।

नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावलाई काउन्टर दिने तयारी गरेको छ। एमाले सचिवालय बैठकले सर्वोच्च अदालतकै चार न्यायाधीशविरुद्ध महाभियोग लगाएर काउन्टर दिने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्