Logo

हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शाह



काठमाडौं, २ फागुन । नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हिमालयन जनरल ईन्स्योरेन्स कम्पनिले विजय बहादुर शाहलाई आफ्नो नयाँँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । शाहले २०७८ फाल्गुन १ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

कार्यक्रममा बोल्दै शाहले भने, “हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु । वास्तवमा भन्नुपर्दा हिमालयन जनरल ईन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ । यो कम्पनीले आफ्नै एउटा गरिमामय परिचय र एउटा छुट्टै ईतिहास बनाएको छ । आफ्नो स्पष्ट उद्धेश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीलाई मेरो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने मैले प्रण गरेको छु ।”

यसअघि हिमालयन जनरल ईन्स्योरेन्समा २८ वर्षदेखि कम्पनीमा सेवा गर्दै आएका सुशील बज्राचार्यले ६ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गरेका थिए । उनको कार्यकालमा यस कम्पनीले निर्जीवन बीमाका ग्राहकहरुलाई पारदर्शी सेवा प्रदान गरि व्यवसायिक छविलाई बलियो बनाउँदै भविष्यको लागि बलियो आधार खडा गर्न सफल भएको थियो ।

हिमालयन जनरल ईन्स्योरेन्समा आवद्ध हुनुभन्दा अघि विजय शाह नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध थिए । उनले उक्त कम्पनीमा ४ वर्षसम्म नेतृत्वदायी भूमिका प्रदान गर्दै कम्पनीलाई सकरात्मक छवि दिएका थिए ।

हिमालयन जनरल ईन्स्योरेन्सका संचालक समितीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले भने,“बीमा क्षेत्रमा वहाँँको राम्रो अनुभव र बुझाई छ । वहाँँको कार्यकालमा नेपाल सरकारको लक्ष्य अनुरुप निर्जीवन बीमाका ग्राहकहरुलाई बढी भन्दा बढी सेवा प्रदान गर्दै यस उद्योगलाई नै उचाईमा पु¥याउन उनको उल्लेखनीय योगदान रहनेछ । उनबाट निर्जीवन बीमाको क्षेत्रमा यस कम्पनीको व्यवसाय वृद्धिमा उल्लेख्य भूमिका निर्वाह हुने र समस्त बीमा क्षेत्रकै स्तरोन्नती हुनेमा संचालक समिति विश्वस्त रहेको छ ।



प्रतिक्रिया दिनुहोस्