कर्णाली, २ फागुन: कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शैक्षिक गुणस्तर अभिवृद्धिमा सबैले सहयोग पु¥याउनुपर्ने बताएका छन् ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० स्थित प्रभात माध्यमिक विद्यालयको आइतबार शिलान्यास गर्दै उनले शिक्षकलाई दोष दिई शैक्षिक गुणस्तरमा प्रश्न उठाउन मिल्दैन भने । “शिक्षकलाई मात्र दोष थुपारेर अन्य पक्ष जिम्मेवारीबाट पन्छिन मिल्दैन”, उनले भने, “सबैका आ–आफ्ना परिभाषित जिम्मेवारी छन्, सबैले ती जिम्मेवारी पूरा गरे सामुदायिक विद्यालय नमूना बन्न सक्छन, सबैको सहकार्यबाट सकारात्मक नतिजा आउँछ ।”
भेरीगङ्गा नगरप्रमुख भूपेन्द्रबहादुर चन्दले प्रदेश सरकारबाट पालिकामा भए गरेका विकास निर्माणप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे । शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालले चालु आर्थिक वर्षको पहिलो चरणमै सामुदायिक विद्यालय भवनको शिलान्यास सुरु भएको जनाउँदै समयमै निर्माण कार्य सम्पन्न गर्न विद्यालय व्यवस्थापन र उपभोक्ता समितिलाई आग्रह गरे ।
कार्यक्रममा नगरउप्रमुख उपप्रमुख रेणु आचार्य, वडाध्यक्ष मानबहादुर बुढा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर पुनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।-रासस