Logo

हलेसी मन्दिर भक्तजनका लागि खुल्ला



खोटाङ, २ फागुन । कोरोना महामारीको कारण बन्द गरिएको खोटाङको हलेसी मन्दिर प्रवेश खुला गरिएको छ । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मन्दिरको गेटमा गएको माघ ७ गतेदेखि भक्तजनलाई मन्दिरमा प्रवेश निषेध गरिएको थियो ।

कोभिड–१९ को सङ्क्रमण दर कम हुँदै गएपछि त्रि–धार्मिकस्थल हलेसी मन्दिर प्रवेश खुला गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ । एक पटकमा २५ जना मात्र प्रवेश गर्न पाउने, सबैले अनिवार्य मास्क प्रयोग गर्ने, भिडभाड नगरेर भक्तजनहरु मन्दिर प्रवेश गर्न पाउनेछन् ।

पूर्वको पशुपतिनाथका रुपमा चिनिने हलेसीमा दैनिक बिहान र बेलुका हुँदैआएको नित्य–नैनित्य पूजालाई भने निरन्तरता दिने गरी गेटमा ताला लगाइएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot