Logo

थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो



काठमाडौँ, २ फागुन: नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आइपुगेको छ। बेलायतबाट कोभ्याक्स सुबिधाअन्तर्गत थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप नेपाललाई प्राप्त भएको हो।

बेलायतले कोभ्याक्स सुविधाबाट २१ लाख ७४ हजार १६० डोज खोप पठाएको हो। जसमध्ये ८ लाख ६२ हजार ८० डोज खोप यसअघि नै आइसकेको छ। बाँकी रहेको १३ लाख १२ हजार ८० डोज खोप आज काठमाडौं आइपुगेको हो।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot