Logo

प्रणय दिवसको दिन पति रितेशसँग अलग भइन् राखी सावन्त



एजेन्सी, २ फागुन । भारतीय कलाकार राखी सावन्तले पति रितेशसँग अलग भएको घोषणा गरेकी छन् । यो जानकारी उनले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका हुन् । बिग बोस पछि, जोडीको सम्बन्धमा धेरै समस्याहरू सुरु भएको थियो । जसलाई दुवैले सुधार गर्ने प्रयास गरेपनि ठीक नभएपछि अन्तत दुवैले बाटो अलग गर्ने निर्णय गरे ।

राखीले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेकी छिन्, ‘प्रिय फ्यानहरू, म तपाईहरूलाई भन्न चाहन्छु कि रितेश र म एकअर्काबाट अलग भएका छौं। ’बिग बोस’ पछि धेरै भयो र धेरै कुराहरू भए जुन मेरो नियन्त्रण बाहिर थिए। हामी दुबैले धेरै कोसिस गर्यौ तर अन्तमा हामी दुबैले अब छुट्टै जीवन बिताउने निर्णय भयो ।’ राखीले थप लेखिन्, ‘भ्यालेन्टाइन डेको ठीक एक दिन अगाडि यो सबै भएकोमा म धेरै दुखी छु । तर निर्णय लिनु पर्यो । आशा छ रितेशको साथ सबै राम्रो हुनेछ। यस समयमा मैले आफ्नो काममा ध्यान दिनुपर्छ, आफूलाई खुसी र स्वस्थ राख्नु पर्छ। मलाई बुझ्न र समर्थन गर्नुभएकोमा सबैलाई धन्यवाद। राखी सावन्त।’



प्रतिक्रिया दिनुहोस्

Screenshot