Logo

आगो तापिरहँदा उछुट्टिएर शरीरमा सल्किएपछि…



जनकपुरधाम, २ फागुन । आगोमा जलेर सर्लाहीमा एकजनाको मृत्यु भएको छ । बागमती नगरपालिका–८ गिरी टोल बस्ने ६५ वर्षीय रामअशिष साहको आइतबार आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नो घरको अगाडि आगो बालेर तापिरहेको अवस्थामा अचानक उनको शरीरमा आगो लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्यारालाइसिसका बिरामी साहको मृत्युबारे थततप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot