Logo

प्रधानन्यायधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव ढिलो भएपनि सही निर्णय हो: गगन थापा



काठमाडौँ, २ फागुन: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव ढिलो भएपनि सही निर्णय भएको बताएका छन् । आज (सोमबार) बनेपामा नेपाली कांग्रेस काभ्रेले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले न्यायलयमा रहेको गतिरोध अन्त्यको लागि महाअभियोग आवश्यक रहेको तर्क गरेका छन् । सम्बोधन गर्दै उनले ‘सर्वोच्च अदालतमा महिनौंदेखि प्रधानन्यायधीशसँग न्यायधीशले बेञ्च सेयर नगरेको अवस्था थियो, बार र बेञ्चमा भएका कोही पनि उहाँसँग बहस गर्न तयार थिएनन्। उहाँमाथि संगीन आरोप लागेकोले सहज बहिर्गनको लागि अनुरोध गरेका थियौं, न्याय परिषद् र न्याय सेवा आयोगबाट कर्मचारी प्रशासनमार्फत अतिरिक्त सक्रियता देखाएकाले महाअभियोग दर्ता गरिएको हो ।’

महाअभियोग पास हुने/नहुनेबारे यसै भन्न नसकिने भन्दै उनले यसबारे संसद्ले नै निर्णय गर्ने बताए । एमसीसीबारे अनावश्यक छलफल भएको भन्दै उनले छिटो भन्दा छिटो संसद्‌मा प्रवेश गराएर अनुमोदन गर्नुपर्ने बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्