काठमाडौँ, २ फागुन । नेपाली कांग्रेस निकट निजामती कर्मचारीको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको आठौँ केन्द्रीय महाधिवेशन आगामी फागुन २१ गतेदेखि सुरु हुने भएको छ ।
युनियनको बैठकले महाधिवेशन फागुन २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
युनियनले गत माघ ८ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णयको मिति तोकेपनि कोरोना महामारीको कारण महाधिवेशन स्थगित गरेको थियो ।