Logo

संसदीय दलको बैठकपछि विशाल भट्टराई–‘चोलेन्द्र शमशेर जबरालाई जोगाउनुपर्छ भन्ने एमालेको विल्कुलै मनशाय छैन (भिडिओसहित)



काठमाडौं, २ फागुन । नेकपा (एमाले) को संसदीय दलको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगदेखि एमसीसीको विषयमा छलफल भएको छ ।

बैठकपछि मिडियासँग कुरा गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने,‘प्रधानन्यायाधीशविरुद्ध आएको महाभियोग चाहीँ खासगरी भन्ने हो भने यो निर्वाचनलाई जसरी पनि सार्न खोज्ने वा टार्न खोज्ने, एमसीसीलाई जसरी पनि सत्ता गठबन्धनको तर्फबाट पारित गर्ने, र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहने उहाँहरुको प्रवृद्धिको रुपमा आएको छ, यसलाई व्यक्तिविशेषलाई गरेको आक्रमणको रुपमा मात्रै नबुझेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाप्रति हामी सकारात्मक भएको, उहाँले राम्रो काम गर्नुभएको छ, उहाँलाई जोगाउनुपर्छ भन्ने मनशाय नेकपा एमालेको विल्कुलै छैन् ।’

उनले प्रधानन्यायाधीश जबराको अनगिन्ती कमजोरी देखिएको पनि स्मरण गराए । उनले भने,‘उहाँप्रति थुप्रे चार्जहरु पनि लागेका छन्, उहाँप्रति आलोचनापनि पनि एमालेको रहँदै आएको छ, परमादेश गर्ने नेतृत्व पनि उहाँले नै गरेको हो ।’

Photo & Video By: Mukunda Kalikote/ReportersNepal

https://www.facebook.com/RishiDhamalaOfficial/videos/524843112188606



प्रतिक्रिया दिनुहोस्