Logo

आयरल्यान्डविरूद्ध पहिले बलिङ गर्दै नेपाल



काठमाडौँ, २ फागुन। चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

नेपाल र आयरल्यान्डबीचको खेल सिरिजको अन्तिम खेल हो । यसै खेलले सिरिज विजेताको टुंगो समेत लगाउने छ । अहिले तीन मध्ये २ खेलमा जित हात पार्दै युएईले सर्वाधिक चार अंक जोडेको छ ।-Photo Source: CAN



प्रतिक्रिया दिनुहोस्

Screenshot