Logo

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग स्वतन्त्र न्यायालयमाथिको हस्तक्षेप हो : योगेश भट्टराई (भिडिओसहित)



काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले कांग्रेसको भूमिकालाई लिएर प्रश्न गरेका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजादी) का सांसदहरुले महाभियोग लगाएपछि बसेको एमालेको संसदीय दलको बैठकपछि मिडियासँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

उनले भने,‘सत्ताको नेतृत्व गरेको कांग्रेस झन उत्तेजनामा आएर परिस्थितिलाई भड्काउने दिशातर्फ गएको महशुस गरेका छौं, महाअभियोग ल्याएर स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गर्न खोजिएको छ । हिजोको घटना स्वतन्त्र न्यायालयमाथिको हस्तक्षेप हो, सत्ताको लाचार छायाँ बनाउने कुचेष्टा हो भन्ने हामीले बुझेका छौं । आसन्न स्थानीय चुनावमा कुनै न कुनै गडबडी गर्ने योजना छ भन्ने कुरा हामीले बुझेका छौं ।’

Photo By: Mukunda Kalikote/ReportersNepal

https://www.facebook.com/RishiDhamalaOfficial/videos/293106882810381

 



प्रतिक्रिया दिनुहोस्