Logo

आयरल्याण्डले नेपाललाई दियो १२८ रनको लक्ष्य



काठमाडौँ, २ फागुन । चारदेशीय टी–२० शुंखला अन्तर्गतको खेलमा आयरल्याण्डले नेपाललाई १२८ रनको चुनौती दिएको छ । ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा भईरहेको खेलमा नेपालले टस जितेर ब्याटिङको निम्तो दिएको थियो ।

आयरल्याण्डले निर्धारित २० ओभरमा सम्पूर्ण विकेटको नोक्सानीमा १२७ रन जोड्यो । आयरल्याण्डका लागि जोर्ज डकरेलले सर्वाधिक २८ रनको योगदान गरे ।

यस्तै, कर्टिस क्यामफरले २० रन जोडे । नेपालका लागि दिपेन्द्र सिंह एरीले सर्वाधिक चार विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्