Logo

यी हुन् खाली कागजमा हस्ताक्षर गर्न नमान्ने एमाले सांसद (सूचीसहित)



काठमाडौं, २ फागुन । नेकपा एमालेले सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएको छ । आज एमाले संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरिएको हो ।

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले ६ वटा खाली कागजमा हस्ताक्षर संकलन गरिएको खुलाए । हस्ताक्षर संकलन गर्दा ५ जना सांसदले भने अस्वकिार गरेका छन् ।

खाली कागजमा हस्ताक्षर संकलन गर्न अस्वीकार गर्नेमा डा. भीम रावलसहित उनीनिकट सांसदहरु छन् । रावलले हस्ताक्षर गर्न लिखित रुपमा नै अस्वीकार गरेका छन् ।

विगतमा माधवकुमार नेपालनिकट रहेका र एमाले फुट्दा पार्टी नछाडेकाहरुमध्येले हस्ताक्षर गर्न नमानेका हुन् । तर, लालबाबु पण्डित, मोहन बाँनिया, कृष्णभक्त पोखरेल र विमला विकलगायतले भने हस्ताक्षर गरे ।

खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गर्ने एमाले सांसदहरु
१. डा. भीम रावल
२. घनश्याम भुसाल
३. पवित्रा निरौला खरेल
४. झपटबहादुर रावल
५. दिपकप्रकाश भट्ट



प्रतिक्रिया दिनुहोस्