Logo

ओलीको ‘महाभियोगको तारो’ मा ६ जना को को ?



काठमाडौं, २ फागुन । नेकपा एमालेले ६ वटा खाली कागजमा हस्ताक्षर संकलन गरेको छ । ९७ जना एमाले सांसदमध्ये ५ जनाले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । बाँकीले हस्ताक्षर गरेकाले न्यायाधीशहरुमाथि महाभियोग र सभामुख हटाउने प्रस्तावका लागि आवश्यक संख्या पुगिसकेको छ ।

संविधान अनुसार महाभियोग या सभामुख हटाउने प्रस्ताव दर्ताका लागि प्रतिनिधि सभाको बहालवाला सांसद संख्याको एक तिहाई आवश्यक पर्छ । एमालेसँग त्यो संख्याको हस्ताक्षर भइसकेको छ ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने प्रस्ताव दर्ता गर्ने तयारी गरेको चर्चा छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी गर्ने न्यायाधीशहरु दिपककुमार कार्की, मीरा खड्का, ईश्वरीप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध पनि महाभियोग दर्ता गर्ने चर्चा छ । यसरी चारवटा हस्ताक्षर प्रयोगमा आउन सक्छ । बाँकी २ खाली कागजको हस्ताक्षरबारे विभिन्न आँकलन हुन थालेको छ ।

एमालेले अन्य न्यायाधीश वा संवैधानिक निकायमा नियुक्त अरुमाथि महाभियोग दर्ता गर्न लागेको हो ? चासो बनेको छ । तर, महाभियोगको फायरिङले परिस्थितिलाई रोचक मोडमा पुर्याएको छ ।



प्रतिक्रिया दिनुहोस्